२०८० मंसिर १८ गते | 4th of December 2023

उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी गौरिकालाई

उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी गौरिकालाई
Sanchar_np प्रकाशित: २०७७ पुष २८ गते १९:३०

काठमाडौं । पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।
मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भइन् । गौरिकाले १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी थिइन्। उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भएकी उनले १५० सीसीको पल्सर मोटरसाइकल पाइन् ।
यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *