काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्णपदक जितेका मन्देकाजी श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत उत्कृष्ट पुरुष वर्ष खेलाडी बनेका छन् ।
उनले सागकै दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछिपर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् ।
मन्दे १३औँ सागमा दुई स्वर्णपदक जित्ने खेलाडी हुन् । उनले टिम काता र एकलमा स्वर्ण पदक जितेका थिए। यस्तै उनी सागमा पहिलो स्वर्ण जित्ने खेलाडी हुन् ।
प्रतिक्रिया