२०८० मंसिर १९ गते | 5th of December 2023

नागरिक अगुवाको सुझाव-भारतसँग दीर्घकालीन सम्झाैता गर्नु हुँदैन

नागरिक अगुवाको सुझाव-भारतसँग दीर्घकालीन सम्झाैता गर्नु हुँदैन
Sanchar_np प्रकाशित: २०७७ पुष २९ गते १४:४०

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आइतबारदेखि हुने भारत भ्रमणमा दीर्घकालीन असर पर्ने सम्झौता नगर्न सुझाव दिएका छन्।
पूर्वमुख्यसचिवसहित १५ नागरिक अगुवाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा राष्ट्रिय सरोकारका गम्भीर मामिलामा समझदारी नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले बुधबार एक विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारको मन्त्रीले भारतसँग दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने जिकिर गरेका हुन्।
‘प्रधानमन्त्रीको यो कदम संविधानको प्रावधान र भावनाविपरीत छ भनी चारैतिर विरोध भइराखेको परिप्रेक्ष्यमा यससम्बन्धी परेका रिट निवेदनउपर सर्वोच्च अदालतले फैसला सुनाउन भने बाँकी नै छ,’ वक्तव्यमा भनिएको छ, ‘सँगसँगै, कामचलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषदको विस्तार र सरकारले गरेका विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णयहरूको वैधता र वैधानिकता पनि अदालतमा विचाराधीन छ।
विज्ञप्ति निकाल्नेमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमुख्यसचिवद्वय लिलामणि पौड्याल र डा. सोमलाल सुवेदी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वसचिव शारदाप्रसाद त्रिताल, युवराज पाण्डे, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, लेखक निनु चापागाई, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य लगायत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *