परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ। तीन दिने भारत भ्रमणमा रहेका मन्त्री ज्ञवाली र सिंहबीच शनिबार नयाँ दिल्लीमा भेटवार्ता भएको भारतीय रक्षामन्त्री कार्यलयले जनाएको छ।
भेटपछि ट्वीट गर्दै रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्ध दुई सरकारबीच मात्रै सीमित नभएर बहुआयामिक रहेको बताएका छन्। उनले दुई देशबीचमा आपसी सम्बन्ध सुधारमा यो भेट महत्वपूर्ण भएको उल्लेख गरेका छन्।
परराष्ट्रमन्त्रीको नेतृत्वको नेपाली भ्रमण टोली गत बिहिबार भारत प्रस्थान गरेका थियो। मन्त्री ज्ञवाली तीन दिने भारत भ्रमण सकेर शनिबार नै स्वदेश फर्किने कार्यक्रम छ।
लामो समयदेखि संवादहिनताको अवस्थामा रहेको दुई देशबीचको कुटनीतिक सम्बन्ध यो भ्रमणसँगै सकारात्मक दिशातिर जाने विश्वास गरिएको छ।
Had a wonderful meeting with the Foreign Minister of Nepal, Shri @PradeepgyawaliK today. India’s relations with Nepal are not limited to governments in both the countries but it is driven by the people of the both the nations. India-Nepal relations offer limitless potential. pic.twitter.com/zFAMsz1Isz
— Rajnath Singh (@rajnathsingh) January 16, 2021
प्रतिक्रिया