२०८० मंसिर १८ गते | 4th of December 2023

नेप्सले कायम गर्यो ऐतिहासिक रेकर्ड

नेप्सले कायम गर्यो ऐतिहासिक रेकर्ड
Sanchar_np प्रकाशित: २०७७ माघ ४ गते १६:१८

काठमाडौं। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २८ दशमलव ४६ अंकले बढेर २३१५ बिन्दुमा बन्द भएको छ।
पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको नेप्से २३ सय बिन्दु पार गर्दै नयाँ किर्तिमान कायम गरेको छ। यो सँगै सेयर बजारले लगानीकर्ताको २३ सय बिन्दुको मनोविज्ञानलाई पार गरेको छ ।
आइतबार २०८ कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर सयेर खरिदबीक्रि हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार भन्दा धेरै कारोवार भएको छ।
आइतबार कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ५८ करोड १० लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र सिभिल बैंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *