२०८० मंसिर १८ गते | 4th of December 2023

४३ सय पीसीआर परिक्षण गर्दा थप ३२२ जनामा कोरोना, सक्रिय संक्रमित ३८ सय

४३ सय पीसीआर परिक्षण गर्दा थप ३२२ जनामा कोरोना, सक्रिय संक्रमित ३८ सय
Sanchar_np प्रकाशित: २०७७ माघ ५ गते १६:२७

काठमाडौं। आइतबार नेपालमा ४ हजार ३०६ जनाको पीसीआर परिक्षण गर्दा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३७४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९६५पुगेको छ।
यस्तै हालसम्म २२१ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख १६ हजार ७५८ जनाको पीसीआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *