ओली समूहद्वारा बागमती प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा पोखरेललाई जिम्मेवारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बागमती प्रदेश कमिटी पुनर्गठन गरेको छ। मंगलबार भक्तपुरमा बसेको बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकले बागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई पदमुक्त गरेको छ ।
बैठकले दाहाललाई अध्यक्षबाट हटाएर कमिटीका सचिव रहेकाआनन्द पोखरेललाई प्रदेश कमिटीको अध्यक्ष र खेम लोहोनीलाई सचिवमा चयन गरेको छ ।
बैठकले प्रदेशका जिल्ला अध्यक्षहरुमा काभ्रेमा अशोक व्यान्जु, सिन्धुपाल्चोकमा बालकृष्ण देउजा, रामेछापमा आनन्द श्रेष्ठ, धादिङ्गमा भूमि त्रिपाठी, मकवानपुरमा एकलाल श्रेष्ठ र सिन्धुलीमा प्रदिप कट्वाल चयन गरेको प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले डिसी नेपाललाई बताए।
त्यस्तै, बैठकले माघ १७ गते पार्टीले चितवनमा विशाल जनसभा गर्ने, माघ २३ गते पार्टीले काठमाडौंमा विशाल जनसभा गर्ने र सो कार्यक्रमका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ जनाको कमिटी घोषणा गरेको उनले बताए ।
प्रतिक्रिया