प्रतिनिधिसभा विघटन विरूद्ध जसपाले बुधबार देशभर प्रदर्शन गर्ने
Sanchar_np
प्रकाशित: २०७७ माघ ७ गते १०:४०
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले देशभर विरोध प्रदर्शन गर्ने भएको छ। जसपाका अध्यक्ष बाबुराम भट्टराईले टिकापुरमा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि जसपाले असंवैधानिक भन्दै आएको छ। अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीको प्रतिगमन विरुद्ध आज देशभर जनसभा हुने जनाएका छन।
प्रधानमन्त्रीले आफू बाध्यकारी अवस्थामा पुगेका कारण प्रतिनिधि सभा विघटन गरेको भन्ने अभिव्यक्ति दिँदै आएका छन। नेपाल कम्युनिष्ट पार्टी
(नेकपा) भित्रको आन्तरिक कलहका कारण पार्टी अहिले दुई समूहमा विभाजन भएको छ।
नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जसपा लगायतका पार्टीले सडक आन्दोलनको घोषणा गरेका छन्।
प्रतिक्रिया