अमेरिकी पहिलाे महिला उपराष्ट्रपति ह्यारीसले भनिन्, 'म आज याे ठाउँमा उनैका कारण छु, जाे महिला म भन्दा पहिला आइन्'
काठमाडौं । अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति कमला ह्यारीसले सपथ लिएकी छन्। उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति मात्र होइनन् अमेरिकी इतिहासमा काली र एशियाली मुलुककी पहिलो महिला समेत हुन्।
कमलाले राष्ट्रपति जो वाइडेनभन्दा पहिला नै उपराष्ट्रपतिको सपथ लिएकी थिइन। भारतीय–जमैकन मूलकी ह्यारीले सुरुआतिमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारी दिन चाहेकी थिइन्।
जो वाइडेनले उपराष्ट्रपतिका लागि उनलाई मनाए र भनेका थिए, ‘कमला आफैमा एक निडर सेननी हुन्।
उपराष्ट्रपतिको सपथ लिनुभन्दा पहिला कमलाले सामाजिक सञ्जाल ट्वीटरमा भनेकी छन्, ‘आज म यहाँ उनै महिलाका कारण छु, जुन म भन्दा पहिला आइन्।’
ह्यारीसले आफ्नी आमा र अन्य महिलालाई सम्झदै त्यो ट्वीट गरेकी थिइन्। महिलाकै कारण आफू उपराष्ट्रपति जस्तो जरिमामय पदमा पुगेको ह्यारीसले बताएकी छन्।
I’m here today because of the women who came before me. pic.twitter.com/ctB9qGJqqp
— Kamala Harris (@KamalaHarris) January 20, 2021
प्रतिक्रिया