२०८० असोज १२ गते | 29th of September 2023

कोभिड–१९ भ्याक्सिन उपलब्ध गराएकोमा प्रधानमन्त्रीले भारतलाई धन्यवाद दिए

कोभिड–१९ भ्याक्सिन उपलब्ध गराएकोमा प्रधानमन्त्रीले भारतलाई धन्यवाद दिए
Sanchar_np प्रकाशित: २०७७ माघ ८ गते १७:१६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाललाई १० लाख डोज कोभिड–१० भ्याक्सिन उपलब्ध गराएकोप्रति आभार व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई समेत धन्यवाद दिएका हुन् । भारतले आज बिहान १० लाख डोज भ्याक्सिन एयर इण्डियाको विमानमार्फत काठमाडौं पठाएको थियो ।


प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन् ‘भारतले आफ्नै नागरिकका लागि भ्याक्सिन उत्पादन गरिरहेको यो गम्भीर समयमा नेपाललाई १० लाख डोज कोभिड १९ भ्याक्सिनको उदार अनुदान उपलब्ध गराएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीजी र भारत सरकारप्रति कृतज्ञता ज्ञापन गर्दछु । मित्रवत छिमेकीको यो पहललाई नेपालले प्रशंशा गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *