२०८० मंसिर १५ गते | 1st of December 2023

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७७ माघ ९ गते १६:१९

काठमाडौं। शुक्रबार नेपालमा थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४८० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९८६ पुगेको छ।
यस्तै हालसम्म १५८ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ३५ हजार ३०१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *