आज देशभर माैसम बदली हुने
Sanchar_np
प्रकाशित: २०७७ माघ १० गते ९:४७
काठमाडौं । शनिबार (आज) देशका केही भागमा बदली र सामान्य वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आज नेपालमा पश्चिमी वायुको प्रभाव परेकाले माैसममा बदली भएकाे महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। यी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले सूचित समेत गरेकाे छ।
प्रतिक्रिया