२०८० मंसिर १९ गते | 5th of December 2023

मुख्यमन्त्री राईले गरे मोडल जाङ्मु शेर्पासँग विवाह

मुख्यमन्त्री राईले गरे मोडल जाङ्मु शेर्पासँग विवाह
Sanchar_np प्रकाशित: २०७७ माघ ११ गते १५:२४

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई  मोडल जाङ्मु शेर्पासँग आज विवाहवन्धनमा बाँधिएका छन् ।

पुर्ख्यौली घर संखुवासभा भएकी शेर्पासँग राजधानीको एक पार्टी प्यालेसमा राईले आजविवाह गरेका हुन् । विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । उनीहरुको परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।

मुख्यमन्त्री राईलाई राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै मन्त्रीहरुले विवाहस्थलमा पुगेर शुभकामना दिएका छन्।

तस्वीरः ध्रुव सुवेदीको फेसबुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *