२०८० असोज १२ गते | 29th of September 2023

चितवनको रत्ननगरमा मिनिबस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवनको रत्ननगरमा मिनिबस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७७ माघ १३ गते १२:१६

चितवन। पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरुसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
पूर्वतिरबाट आइरहेको बा २ ख ५६७४ नं. को मिनिबस र पश्चिमबाट पूर्वतिर गइरहेको बा ९२ प ५२०४ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो।
मृतक २ जनाको नाम खुलिनसकेको इलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिए। बिहान करिब ९ बजेतिर यो दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका यी २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *