बेलायतमा गरिएको परीक्षणमा नोभाभ्याक्सले ८९ प्रतिशत सुरक्षा दिने

बीबीसी। अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले भनेको छ- परीक्षणका क्रममा रहेको उसको कोभिड-१९ विरुद्धको खोपले ८९ प्रतिशत सुरक्षा दिने देखाएको छ। संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको उक्त कम्पनीले जनाएको छ।
बेलायतबाट सुरु भएको पाइएको निकै उच्च सङ्क्रमणदर रहेको भाइरसको नयाँ प्रकार फैलिरहँदा यस्तो परीक्षण भएको हो। जसकै कारण यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ। अझै केही बढ्ता सङ्क्रामक भिन्न प्रकार दक्षिण अफ्रिकामा पनि पाइएको छ।
जहाँ थोरैमा गरिएको परीक्षणमा एचआइभी नभएका मानिसहरूमा त्यो ६० प्रतिसत प्रभावकारी देखिएको छ। बेलायतका प्रधानमन्त्रीले यस ‘सुखद् समाचार’को स्वागत गरेका छन्।
उनले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामकले जाँच्ने बताएका छन्। बेलायतले आफ्नै देशको स्टकटन-अन-टिज शहरमा उत्पादन गरिने यस खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ।
नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
अक्सफाेर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स यूकेमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो। तेस्रो चरणको परीक्षणका बेला सहभागिमा यो कोभिड-१९ बाट जोगाउनका लागि ८९.३ प्रतिसत प्रभावकारी देखिएको थियो।
१८-८४ उमेर समूहका सहभागि १५ हजार जनामध्ये २७ प्रतिसत ६५ वर्षभन्दा बढि उमेर समूहका रहेको नोभाभ्याक्सले जनाएको छ। यूके सरकारको खोप कार्यदलका अध्यक्ष क्लाइभ डिक्सले उक्त नतिजालाई ‘सानदार’ बताएका छन्।
बेलायती स्वास्थ्यमन्त्री म्यान ह्यानकुकले यदि खोप स्विकृत भएमा राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस त्यसलाई वितरण गर्न ‘तयारी अवस्थामा रहेको’ बताएका छन्।
प्रतिक्रिया