तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्री कपको फाइनल

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । एपीएफका लागि आसिफ शेखले ६१ रनको अर्धसतकीय पारी खेले पनि टिम पराजित भयो ।
माघ ३ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा इमर्जिङ खेलाडी प्रदेश २ का विवेक यादव बने । यस्तै वाग्मतीका पृथु बास्कोटा बेस्ट ब्याट्सम्यान तथा आर्मीका शाहब आलमले बेस्ट बलरको उपाधि हात पारे । एपीएफका कमलसिंह ऐरी म्यान अफ दि सिरिज भए ।
तस्वीरमा हेर्नुहोस् फाइनल खेलका दृश्यहरु
प्रतिक्रिया