युवा पुस्तामा स्मार्टफोनको बढ्दो लत, दीर्घकालीन स्वास्थ्य समस्याको खतरा

युवाहरूमा बढ्दो स्मार्टफोनको लतले बिरामीको सम्भावना बढी रहेको देखाएको छ । लण्डन लगायत विभिन्न ठाउँमा गरिएको अध्ययनले विश्वका एक तिहाइ युवाहरुमा स्मार्टफोनको लत बढेको देखाएको छ । अध्ययनले यी युवाहरूमा निद्रासँग सम्बन्धित समस्याहरु बढ्ने गरेको देखाएको हो । निद्राबाहेक पनि अध्ययनले विभिन्न किसिमका समस्याहरु बढ्ने देखाएको छ ।
दिनमा तपाईं कतिपटक आफ्नो फोन उठाउनुहुन्छ ? दिनको कतिपटक आफ्नो सामाजिक सञ्जालमा सूचनाको जाँच गर्नुहुन्छ ? फोनमा म्यासेज आएसँगै तपाईं बेकाबु भएर कतिछिटो हेर्नुहुन्छ ? यो सारा कुरा तपाईंको साथ हुने गरेको छ भने यसलाई तपाईंको फोनमा बसेको लतको रुपमा मान्न सकिन्छ । एक अध्ययनले दुनियाँभरका करिब एक तिहाइ मान्छेमा मोबाइलको लत बसेको देखाएको छ ।
किङ्ग्स कलेज अफ लण्डनद्वारा गरिएको एक नयाँ अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो । शोधकर्ताहरूले १०४३ जनामा गरेको अध्ययनमा सामेल भएका १८ देखि ३० वर्षका युवाहरुमा गरिएको अध्ययनले यो तथ्यलाई पुष्टि गरेको हो । यसमध्ये ३९ प्रतिशतले आफ्नो फोन चलाउने विषयमा आफैँमा नियन्त्रण गुमाउने गरेको बताएका थिए ।
मान्छेको निद्रा खराब गरिरहेको छ फोन
शोधकर्ताहरूको अध्ययनबाट यो कुराको प्रमाणित भएको छ कि स्मार्ट फोनको लत भएकोमध्ये दुईतिहाइभन्दा धेरैमा निद्राको समस्या थियो । उनीहरूमा रातिमा निद्रा नलाग्ने र छटपटीको समस्या हुने गरेको पाइएको छ । यो समस्याले उनीहरूको जीवनलाई नै गम्भीर रूपमा प्रभावित गराउने गरेको पाइन्छ ।
प्रतिक्रिया