मौसम परिवर्तनको बेला कस्तो आहार उपयुक्त ?

अहिले हामी शिशिर ऋतुको अन्त्य अन्त्यतिर छौं । हेमन्त र शिशिर ऋतुमा जाडो यामका महिनाहरू हुन्छन् । त्यही भएर यी ऋतुहरूमा सेवनयोग्य हुने रस-गुण-आहार-विहारहरू अरू ऋतुभन्दा पृथक हुन्छन् । यी जाडो याममा मधुर, अम्ल, लवण रसको सेवन अनि स्निग्ध र गुरु गुणयुक्त आहारहरू उपयुक्त हुन्छन् । नयाँ दुग्ध परिकार, बोसो, नयाँ चामल, गुड एवं पीठोबाट बनेका पदार्थ, अनुप प्राणीको मांसजस्ता आहार यी दुवै जाडो यामका ऋतुमा उपयुक्त हुन्छन् ।
व्यायाम, अभ्यङ्ग स्वेदन, अञ्जन तथा आतपको सेवन जस्ता विहारहरू यी जाडो यामका ऋतुमा फाइदाजनक हुन्छन् । तर अब सुरू हुने वसन्त ऋतु (चैत-वैशाख)मा कटु, तिक्त, कषाय रस युक्त र लघु गुण युक्त आहारको सेवन उपयुक्त हुन्छ । आयुर्वेद अनुसार वसन्त ऋतुमा आसव, अरिस्ट, सिधु, पक्व जल, महत मिश्रित जलको सेवन गर्नुपर्ने हुन्छ । तीक्ष्ण वमन, तीक्ष्ण धुमपान, तीक्ष्ण गण्डुष, तीक्ष्ण नस्य, पुष्प माला धारण, चन्दन एवं अगुरूको लेप लाउने जस्ता विहार वसन्त ऋतुमा उपयुक्त हुन्छन् ।
प्रतिक्रिया