२०८० मंसिर १८ गते | 4th of December 2023

नागरिकताको समस्या धेरै हदसम्म समाधान भयोः लोसपा

नागरिकताको समस्या धेरै हदसम्म समाधान भयोः लोसपा
Sanchar_np प्रकाशित: २०७८ भदौ २७ गते १०:२४

काठमाडौं । नवगठित दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नागरिकताको समस्या धेरै हदसम्म समाधान भएको पनि तराईका जिल्लाहरुमा अझै केही हदसम्म समस्या विद्यमान रहेको जनाइएको छ ।

लोसपाले निर्वाचन आयोगलाई बुझाएको घोषणापत्रमा यस्तो जनाएको हो । घोषणापत्रमा स्थानीय भूमिहीन नागरिकलाई घरबासका लागि त्यस्ता जमिन वितरण गरिने उल्लेख छ ।

अन्तरिम संविधानमा रहेको नागरिकता सम्बन्धी प्रावधानलाई नै संविधानमा राख्नुपर्ने पार्टीको मान्यता रहेको लोसपाले जनाएको छ ।

त्यस्तै, स्थानीय भूमिहीन नागरिकलाई वन कटानी र हदबन्दीबाट प्राप्त जग्गा वितरण गर्ने प्रतिवद्धता पनि लोसपाले जनाएको छ ।

लोसपाले चक्लाबन्दी कार्यक्रम गरी खेत खेतमा पानी, ग्रामिण कृषि सडकको व्यवस्था गर्ने र पशुपालनतर्फ विशेष ध्यान दिने प्रतिवद्धतासमेत जनाएको छ ।

दक्षिण एसियामा जलविद्युत विकासका लागि अन्य देशहरुसँग द्विपक्षीय, त्रिपक्षीय वा बहुपक्षीय सन्धि सम्झौता गर्न पार्टीले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै आएको छ ।

अन्न उब्जने र उर्वरा भूमिमाथि प्लटिङ गरी अनियन्त्रित किसिमले बसाइ सराइको पक्षमा लोसपा नरहेको घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *