२०८० असोज ७ गते | 24th of September 2023

बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे चयन

बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे चयन
Sanchar_np प्रकाशित: २०७८ भदौ २७ गते १३:४२

काठमाडौं । एकीकृत समाजवादी पार्टी बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ ।

आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको हो ।

बागमती प्रदेशसभा सचिवालयमा बसेको उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ ।

सो बैठकले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ ।

नेकपा एमालेको विभाजन पछि बागमती प्रदेशसभाका १३ जना सांसदहरुले एमाले त्यगेर नेकपा समाजवादीमा आवद्ध भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *