निजी कम्पनीको रेल आइपुग्यो नेपाल

काठमाडौं । भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर सामान बोकेर बुधबार १० बजे विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ ।
बुधबार पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको हो ।
नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालमा भारतीय निजी रेल कम्पनीले सेवा दिन थालेको बताए ।
नेपाल र भारत सरकारबीच सम्झौता भएको करिब दुई महिनापछि निजी कम्पनीले सञ्चालन गरेको रेल नेपालमा सामान ढुवानी गर्न आइपुगेको बताइएको छ । सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच सम्झौता भएको थियो ।
भारत सरकारको विगत १७ वर्षदेखिको एकाधिकार तोडिनुका साथै अन्य निजी कम्पनीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया