२०८० असोज ५ गते | 22nd of September 2023

काँग्रेसले ८ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्यायो

काँग्रेसले ८ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्यायो
Sanchar_np प्रकाशित: २०७८ भदौ ३० गते ७:१९

काठमाडौं । नेपाली काँग्रेसले ८ वटा जिल्लाको पार्टी क्रियाशील सदस्यता विवाद मंगलबार टुङ्ग्याएको छ ।

काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको हो ।

नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले सर्वसम्मत रुपमा विवाद निरुपण गरेका हुन् ।

तर निर्वाचन समितिले ८ जिल्लाको सदस्यता नामावली बुझेको भने छैन । छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको छ । आजै बाँके, सुर्खेत र काठमाडौंको विवाद पनि निरुपण गर्ने तयारी छ ।

२० वटा जिल्लाको सदस्यता नामावली किस्ता किस्तामा नबुझ्ने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको अडान छ । २० वटै जिल्लाका सदस्यता नामावली चाँडो टुंग्याउन निर्वाचन समितिले ताकेता गरिरहेको छ ।

सिटौला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार सुर्खेतमा अखण्ड समानान्तरले १९९ क्रियाशील सदस्यता पाएको छ ।

पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते सारिएको छ भने प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि सारिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *