२०८० असोज ७ गते | 24th of September 2023

प्रदेश १ को अधिवेशन असोज २२ गते आह्वान

प्रदेश १ को अधिवेशन असोज २२ गते आह्वान
Sanchar_np प्रकाशित: २०७८ भदौ ३० गते १२:०८

बिराटनगर । प्रदेश १ सरकारले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २२ गतेका लागि प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

असोज २२ गते शुरु हुने प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सुहाङले जानकारी दिएका छन् ।

नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् ।

नेकपा एमालेका ५१ सांसद मध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा परेका आचार्यको पक्षमा ४१ सांसद छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *