२०८० मंसिर १९ गते | 5th of December 2023

देउवाको गृहजिल्लामा फेरि चुनाव गराउनु पर्छ भन्दै पौडेल समूह पुगे सानेपा

देउवाको गृहजिल्लामा फेरि चुनाव गराउनु पर्छ भन्दै पौडेल समूह पुगे सानेपा
Sanchar_np प्रकाशित: २०७८ भदौ ३१ गते ११:५०

काठमाढौं । काँग्रेस नेता रामचन्द्र पौडेल समूहले सानेपा पुगेर पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने माग गरेका छन् ।

काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेतासहित सानेपा पुगेका हुन् ।

सो क्रममा महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुनः चुनाव सम्भव नभएको जवाफ दिएको बताइएको छ ।

त्यसपछि पौडेल समूह चुनाव धाँधलीरहित बनाउन आग्रह गर्दै बाहिरिएको छ ।

डडेल्धुरामा पुनः चुनाव गर्न सम्भव नभएको निर्वाचन समितिले बताएको र त्यसलाई आफूहरुले मान्ने भेटपछि महामन्त्री कोइरालाले बताए ।

उनले फेरि चुनावभन्दा पनि अन्य जिल्लामा हुने चुनावका लागि निष्पक्षता कायम गर्न समितिलाई आग्रह गरिएको र समितिले यसमा प्रतिबद्धता जनाएको बताए ।

पौडेल समूहले क्रियाशीलता विवादसम्बन्धी समस्या समाधान नगरी डडेलधुरामा वडा तहको अधिवेशन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *