२०८० असोज १२ गते | 29th of September 2023

बिक्री गर्न राखेको कोरोना खोप भेटियो, दुई जना पक्राउ

बिक्री गर्न राखेको कोरोना खोप भेटियो, दुई जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ भदौ ३१ गते १२:११

जनकपुरधाम । धनुषाको एक निजी औषधि पसलमा बिक्री गर्न राखेको कोरोना विरुद्धको खोप फेला परेको छ ।

शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा खोप फेला परेको हो ।

शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा भेटेको हो ।

उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डललाई पक्राउ गरेको डीएसपी बस्नेत बताए ।

उनलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले एक जना स्वास्थ्यकर्मीले नै बेच्न दिएको बताएपछि ती स्वास्थ्यकर्मीलाई पनि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले बताए ।

कोरोनाविरुद्वको खोप बेच्न राखेको पूर्व सूचनाको आधारमा म्याद गुज्रेका औषधि हेर्ने बहानामा तीनवटा औषधि पसलमा अनुगमन गर्दा मण्डलको पसलमा फेला परेको हो ।

फेला परेकामध्ये भेरोसेलका १ भाइल तथा अस्ट्राजेनेकाको भाइल खुलेको पाइएको उनको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय यदुकोहामा राखिएको डीएसपी बस्नेतले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *