२०८० मंसिर १८ गते | 4th of December 2023

यी हुन् कांग्रेस महाधिवेशनमा सभापति हार्ने नेताहरु

यी हुन् कांग्रेस महाधिवेशनमा सभापति हार्ने नेताहरु
Sanchar_np प्रकाशित: २०७८ भदौ ३१ गते १२:२०

काठमाडौं । भनिन्छ, इतिहास सधैं जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजित हुनेहरुको भूमिका नै छैन भन्ने चाहीं होइन ।

नेपाली कांग्रेसमा २०१२ सालको वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेद्वारको सधैं चर्चा हुने गरेको छ ।

स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली कांग्रेस भित्र पाचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ ।

अधिवेशनले बिपीलाई सभापतिमा निर्वाचित ग¥यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिष्पर्धामा थिए ।

त्यसको तीन वर्षपछि सम्पन्न छैठांै महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिष्पर्धा भयो ।

गणेशमान सिंहले जीवनमा एकपटक त्यही बेला पदको आकांक्षा देखाए । त्यसपछि कहिल्यै सभापतिको आकांक्षा देखाएनन् । कांग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला जिल्लाबाट मतदान भएको थियो ।

कांग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशन बाटै हो । त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगाह जग्गा गरीबलाई वितरण गरी बिर्ता उन्मुलनको घोषणा त्यहीँबाट गरेका थिए ।

सुवर्णसंग प्रतिस्पर्धामा रहेका सभापति पदका अर्का उम्मेद्वार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेद्वारी नै दिएनन् ।

त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर कांग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो । त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । दलहरुमाथि प्रतिवन्ध लगाइयो ।

तत्कालिन राजा महेन्द्रको कू का कारण कांग्रेसले आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुप¥यो । झापामा सम्पन्न आठांै महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए ।

नवांै महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिष्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरवहादुर देउवा र रामहरी जोशीले चुनौती दिए ।

एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरी आचार्यले चुनौती दिए । यसबीच नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो ।

बाह्रौं महाधिवशेनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ सभापति पदका लागि चुनावी मैदानमा उत्रिए ।

सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट कांग्रेसको सभापति बने ।

कांग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १० जना नेता सभापति हुन सकेनन् । तर पनि कांग्रेसको छैठौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम कांग्रेसजनबीच सधैं भइरहन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *