नेपालमा स्क्रब टाइफसको जोखिम

जिबन रानाभाट, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका बिभिन्न जिल्लाहरुमा ‘स्क्रब टाइफस’ रोग देखिन थालेको छ ।
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका स्क्रब टाइफसका बिरामी, अस्पतालमा उपचार गराउन आउनेको सख्या बढ्न थालेको चिकित्सकहरु बताउँछन् । काठमाडौं उपत्यकामा समेत फाटफुट्ट स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।
काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका ‘स्क्रब टाइफस’ रोग देखिन थालेको छ ।
स्क्रब टाइफस “ओरेनसिया सुसुगामुसी ” भन्ने ब्याक्टेरियाबाट लाग्ने रोग हो । जसको संक्रमण मानिसमा एक प्रकारको ‘माइट’ को टोकाई बाट हुन्छ । हालसम्म नेपालको ६६ जिल्लामा यो रोग देखापरेको छ । समयमै यसको उपचार नगरेमा मानिसको ज्यान पनि जान सक्छ ।
पहिलो पटक यो रोग सन् १९३० मा जापानमा देखा परेको थियो । सन् १९४४ तिर दोश्रो विस्वयुद्धमा अमेरिकी सेनामा पनि यो रोग देखा परेको थियो।नेपालमा यो रोगको जोखि बढ्दै गएको सरकारी अधिकारी बताउछन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा समेत फाटफुट्ट स्क्रब टाइफसका बिरामी फेला परेका छन् । पछिल्ले ३ बर्ष यता नेपालमा स्क्रब टाइफस बाट १६ जनाको मृत्यु भईसकेको छ ।
रोग समयमै उपचार नगरेमा वा जिर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ ।
ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, माम्सपेसी दुख्नु, पाचन आङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदी यसका प्रमुख लक्षण हुन् ।
यो रोग नेपालमा मुसाले सारेको पाइएको छ । खेतबारीमा वा झारपात बढी भएको ठाउँमा काम गर्ने, जंगलमा जाने मानिसमा यो रोग सर्ने जोखिम हुन्छ ।
यस्तो ठाउँमा मुसाको बासस्थान बढी हुने भएकाले मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेर यो रोग सार्ने सम्भावना हुन्छ ।यो रोग नियन्त्रण गर्न सरकारले कसरि तयारी थाल्नुपर्छ त ?
प्रायः सबै जिल्लामा यसको संक्रमण देखिने गरेको छ । ‘यो नयाँ रोग होइन । भूकम्प यता प्रत्येक वर्ष यो मौसममा यसको संक्रमण देखा पर्दै आइरहेको छ ।
स्क्रब टाइफसको पहिचान गरी समयमै औषधि सेवन गरे यो रोग निको हुन्छ । तर समयमै उपचार नगरे यसले गम्भीर रुप लिएर मानिसको ज्यान समेत जान सक्छ ।
यस रोगबाट बच्न घर वरिपरि घाँसहरु बढ्न नदिने, वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त ढंगले अन्नको भण्डारण गर्नुपर्दछ ।
प्रतिक्रिया