२०८० असोज ५ गते | 22nd of September 2023

काँग्रेसले भोलिसम्म सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गर्ने

काँग्रेसले भोलिसम्म सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गर्ने
Sanchar_np प्रकाशित: २०७८ असोज १ गते १०:१६

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन तयारीका लागि छलफलमा जुटेका छन् ।

शुक्रबार साढे तीन बजेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल गरिरहेका छन् ।
यसअघि शुक्रबार नै नेता मिनेन्द्र रिजालले देउवासँग भेटवार्ता गरि बालुवाटारबाट बाहिरिएका थिए । विहीबार साँझ पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवासँग वान टू वान भेटवार्ता गरेका थिए ।

सभापतिका दाबेदार सिंहले देउवासँग वान टू वान संवाद गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । संस्थापन इत्तर पक्षका अन्य नेतासँग पनि संवाद बढाएको बालुवाटार स्रोतले जनाएको छ ।

निर्वाचन समितिका संयोजक महादेव यादवले शनिबारसम्म सदस्यताको सूची नपाए ५ गतेको अधिवेशन पनि प्रभावित हुने संकेत गरेका छन् ।

यद्यपि विवाद टुंगिएका काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा निर्वाचन अधिकृत खटाइएको छ ।

आज भोलिसम्म सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुने क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *