काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले जागिरे नेतालाई राजीनामा दिन वा आगामी निर्वाचनसम्म बिदामा बस्न निर्देशन दिइएको छ ।
जागिरे नेतालाई राजीनामा दिन वा आगामी निर्वाचनसम्म बिदामा बस्न निर्देशन दिइएको हो ।
जनकपुरमा तीन दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जागिरदार रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई असोज २६ गतेभित्र राजीनामा दिन निर्देशन दिएको हो ।
सो पार्टीको केन्द्रीय कार्यकारिणी समिति १५ सदस्यीय छन् । तीमध्ये ३ जना जागिरे छन् ।
जागिरका कारण बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय पार्टीका काममा दिन नसकिने भएकाले नै पार्टीले यस्तो निर्णय गरेको हुनसक्ने उनले बताए ।
समाज परिवर्तनका लागि केही त्याग गर्नुपर्ने भएकाले त्यसको सुरुवात गरिएको उनको भनाइ छ ।
स्वतन्त्र मधेसका लागि अभियान सुरु भएदेखि आफू सक्रिय भएर लागेको बताउँदै उनले अब जागिर छाडेर पार्टीको काममा समर्पित हुने बताए ।
प्रतिक्रिया