२०८० मंसिर १९ गते | 5th of December 2023

असोज दोस्रो साताबाट अग्रिम टिकट खुला गराउने सरकारको तयारी

असोज दोस्रो साताबाट अग्रिम टिकट खुला गराउने सरकारको तयारी
Sanchar_np प्रकाशित: २०७८ असोज १ गते ११:३५

काठमाडौं । सरकारले असोजको दोस्रो साताबाट दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी अग्रिम टिकट खुलाउने भएको छ ।

चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी १० र ११ गतेदेखि अग्रिम टिकट खुलाउने तयारी गरेको हो ।

यही असोज २१ गते घटस्थापनाभन्दा अगाडि टिकट खुलाउने गरी छलफल भइरहेको छ ।

यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउदै आएको छ ।

अग्रिम टिकट खुलाउनका लागि पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए ।

कोभिड सङ्क्रमणको जोखिम अझै रहेकाले जे जसरी भए पनि यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

संविधानअनुसार एउटै स्थानीय तहभित्र चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, एकभन्दा बढी स्थानीय तह र एउटै प्रदेशभित्र चल्नेको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारले गर्ने उल्लेख छ ।

विगतमा सबै दूरीमा यातायात व्यवस्था विभागले नै भाडादर निर्धारण गर्दै आएको थियो । अहिले त्यो जिम्मेवारी तीनै तहमा बाँडिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *