यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा ५० जना मारिए

Sanchar_np
प्रकाशित: २०७८ असोज १ गते ११:४९
काठामाडौं । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा ५० जना मारिएका छन् ।
झडपमा सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० जना मारिएको सैनिक स्रोतको भनाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
मारिएका व्यक्तिहरुमा एक उच्च सैनिक अधिकारी पनि रहेको जनाइएको छ । २० जना सरकार समर्थक सैनिक र कम्तीमा ३० जना विद्रोही मारिएकोे जनाइएको छ ।
यमनमा हुथीहरूले सन २०१४ मा राजधानी साना कब्जा गरपछि द्वन्द्व शुरु भएको थियो । त्यसबेलादेखि, हजारौं मानिसहरु मारिंदै आएका छन् भने लाखौं मानिसहरु विस्थापित भएका छन् ।
यसैबीच यमनका लागि संयुक्त राष्ट्र संघका नयाँ दूत स्वीडेनका कूटनीतिज्ञ हन्स ग्रुन्डबेर्ग रियाद पुगेका छन् ।
उनले यमन र साउदी अधिकारीहरुसँग भेटवार्ता गरको जनाइएको छ । यस वार्तालाई सकारात्मक रुपमा लिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।
प्रतिक्रिया