२०८० मंसिर १८ गते | 4th of December 2023

एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउँछन्ः माधव नेपाल

एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउँछन्ः माधव नेपाल
Sanchar_np प्रकाशित: २०७८ असोज १ गते ११:५५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताउनु भएको छ ।

आज एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताउनुभएको हो ।

उहाँले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गर्नुभयो । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पु¥याउन पनि आग्रह गर्नुभयो ।

उहाँले व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पु¥याउन उहाँको आग्रह छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *