काटमाडौं । नेपाली कांग्रेस (बीपी)का सभापतिमा विधानको धारा २१ अनुसार सुशीलमान शेरचन चयन भएका छन् ।
यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कांग्रेस (बीपीं) को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ ।
विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । विसं २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो ।
पार्टी सभापतिमा चयन भएका शेरचनले कांग्रेस (बीपी) ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया