ओखलढुंगाको मानेभञ्ज्याङमा फलफुल प्रशोधन केन्द्र सञ्चालन

रामहरि श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगाका युवाहरुले खेर गैरहेका फलफुलबाट बिभिन्न खाद्य समाग्री बनाउने गरेका छन् ।
बजारीकरणको अभावमा घरआगनमा पाईने खेर गैरहेको बिभिन्न फलफुलबाट मिष्ठान्न परिकार बनाएर बिक्रि बितरण गर्दै आएका हुन् ।
सानो परिमाणमा उत्पादन हुने फलफुलले बजार नपाउँदा खेर जाने गरेको र तिनै खेर गैरहेका फलफुललाई प्रशोधन गरी मिष्ठान्न परिकार बनाउने गरेका छन् ।
ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ४ केतुके स्थित प्रशोधन केन्द्रले खेर गैरहेका फलफुलबाट बिभिन्न परिकार बनाउने गरेको छ ।
गाउँमा खेर गैरहेका फलफुल, तरकारी, अकवरे खुर्सानी, अमला, लप्सी, सिस्नु लगायतका फलफुल प्रशोधन गरेर विभिन्न परिकारहरु बनाउदै आएका हुन् ।
गाउँमा बस्ने केही युवाहरुको समुहले प्रशोधन केन्द्र सञ्चालन गरेर खेर गैरहेको फलफुललाई आम्दानी स्रोत समेत बनाउदै आएका छन् ।
समुहका सदस्यहरुले केही समयको तालीम लिएपश्चात उद्योगको सुरुवात गरेका हुन । हाल केन्द्रमा अकवरे खुर्सानीका अचार ,लप्सीका परीकारहरु पाउ ,क्यान्डि, लगायतका परीकारहरु बनाईन्छ ।
गाउँमा सञ्चालनमा रहेका यस्ता केन्द्रलाई स्थानिय सरकारले सहयोग गरे खेर गैरहेका बस्तु प्रशोधन गरी आफ्नै ठाउमा स्वरोजगार बन्न सकिने अन्यलाई समेत रोजगारी सृजना गर्न सकिने उनिहरुको भनाइ छ ।
गाउँमा उत्पादान हुने बस्तुको बजार ब्यवस्थापनका लागी स्थानिय तहले समेत छलफल चालाएको छ ।
आगमी दिनमा स्थानिय स्तरमा उत्पादीत बस्तुलाई ठुला बजारसम्म पुर्याउन संकलन केन्द्र स्थापना गर्ने र सोही मार्फत देशका बजारसम्म पुर्याउन सकिने वडा अध्यक्ष सन्त बहादुर तामाङको भनाई छ ।
२०७३ सालबाट ब्यवसायीक रुपमा सञ्चालनमा आएको केन्द्रले सुरुवातमा प्याक्ट संस्थाबाट ८ लाख रुपौयामा मेसिन खरिद गरेर उत्पादन सुरु गरेको थियो ।
अहिले उक्त केन्द्रले उत्पादन गरेका परिकारहरु स्थानिय बजार तथा नजिकको बिद्यालयमा मात्र खपत हुदै आएको छ ।
प्रतिक्रिया