काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गर्दै जानुपर्नेमा जोड दिएका छन् ।
अनेरास्ववियू क्रान्तिकारीको २४ औं क्याम्पस जिल्ला सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै नेता शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताएका हुन् ।
नेता शर्माले संगठनका हरेक तहमा युवाहरुले आफ्नो नेतृत्व आफै छान्ने विधिलाई स्थापित गर्नुपर्ने बताए । पार्टीको नीतिबमोजिम विद्यार्थी संगठनमा समेत ३५ प्रतिशत संख्यामा महिला नेतृत्व चुन्न आग्रह गरे ।
विद्यार्थी संगठनको नेता नियमित रुपमा अध्ययनरत विद्यार्थी नै हुनुपर्ने भन्दै शर्माले शैक्षिक संस्थाबाट पास आउट भइसकेको व्यक्तिले पुस्तान्तरण गरी आफ्नो उत्तराधिकारी जन्माउँदै जानुपर्ने बताए ।
प्रतिक्रिया