२०८० असोज ५ गते | 22nd of September 2023

संविधान दिवसको कार्यक्रममा जसपाले सहभागी नजनाउने

संविधान दिवसको कार्यक्रममा जसपाले सहभागी नजनाउने
Sanchar_np प्रकाशित: २०७८ असोज २ गते ११:११

काठमाडौं । यसवर्षको संविधान दिवसको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) सहभागी नहुने भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताएका हुन् ।

उनले संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै संविधान दिवसको कार्यक्रममा भाग नलिने बताएका छन् ।

‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ उनले विज्ञप्तिमा भनेका छन् ।

नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको यादवको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *