२०८० मंसिर १९ गते | 5th of December 2023

सुदूरपश्चिमको मेल्लेख गाउँपालिकाले शुरु गर्‍यो ग्राम उद्योग

सुदूरपश्चिमको मेल्लेख गाउँपालिकाले शुरु गर्‍यो ग्राम उद्योग
Sanchar_np प्रकाशित: २०७८ असोज २ गते ११:३१

सुदूरपश्चिम । सुदूरपश्चिमको मेल्लेख गाउँपालिकाले पहिलो औद्योगिक ग्रामका रूपमा होजियारी उद्योग ग्रामको उद्घाटन गरेको छ ।

शुक्रबार होजियारी उद्योगको सुरुवातसहित उद्योग ग्रामको उद्घाटन गरिएको हो ।

ृउक्त उद्योगको उद्घाटन सुदूरपश्चिम प्रदेशका अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिका सभापति हर्क बहादुर कुँवर (गोविन्द)ले औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति कुँवर प्रमुख अतिथिमा सञ्चालन भएको थियो ।

सभापति हर्क बहादुर कुँवरले मेल्लेख गाउँपालिकामा स्थापना भएको ग्राम उद्योगको विकास तथा दिगोपनाका लागी प्रदेश सरकार र व्यक्तिगत तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योगबाट उत्पादित सामाग्रीहरूको उचित बजारीकरण हुनुपर्नेमा जोड दिए ।

तराइबाट खाद्यान्न लगायत सामाग्री लिएर अछाम भित्रिएका ढुवानीका विभिन्न साधनमा मेल्लेखको उद्योग ग्रामबाट निर्मित सामाग्री निर्यात हुनुपर्ने पनि उनको जोड थियो ।

मेल्लेख गाउँपालिकाको ४९ लाख ४८ हजार ४ सय ५५ रुपैयाँको लागतमा भौतिक संरचना निर्माण तथा उद्योग सञ्चालनका लागी १७ लाखको आवश्यक उपकरण जडान गरी ग्राम उद्योग सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *