मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु नेपाल ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएकाहरुको मलेसियाबाट एकैदिन शव र अस्तु नेपाल ल्याइएको छ ।
१५ श्रमिकको अस्तु र ६ जना नेपाली श्रमिकको शव शनिबार नेपाल ल्याइएको हो । ।
नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।
जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत छन् ।
परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको हो । सन् २००२ मा मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बसेका थिए ।
विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ ।
प्रतिक्रिया