२०८० मंसिर १८ गते | 4th of December 2023

काठमाण्डौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न

काठमाण्डौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न
Sanchar_np प्रकाशित: २०७८ असोज २ गते १२:३२

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न गरेको बताएको छ ।

आज महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गर्नु भएको छ ।

इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताउनु भयो ।

महानगर पालिकाले प्राथमिकताका साथ भूकम्पले क्षती पुगेका संरचनाको पुनर्निमाण गरिहेको बताउनुभयो ।

उहाँले काठमाडौं महानगरपाmिका भित्र रहेका ३२ वटै वडाका पुरातत्विक तथा ऐतिहासिक कुराहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताउनुभयो ।

मेयर शाक्यले काठमाडौं आउने पर्यटकहरुले काठमाडौं घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरु जोगाइरहनुपर्ने बताउनुभयो ।

मेयर शाक्यले कतिपय स्थानमा पुरातत्व विभागसँग समन्वय हुन नसकेको र गुठिसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताउनुभयो ।

उहाँले गुठिको नाममा धेरै सार्वजनिक जग्गा भएकोले महानगरलाई लिजमा दिन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *