एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित

काठमाडौं । एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा नेपालले फिलिपिन्ससंग २–१ ले पराजित भएको छ ।
उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल खाएको थियो ।
विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्स विरुद्ध नेपाललाई दिलाएकी थिइन् ।
पहिलो हाफमा अग्रता कायम राखेको नेपालले ८९ मिनेटसम्म फिलिपिन्स विरुद्ध अग्रता कायम राखेको थियो ।
तर विदेशमा खेल्ने व्यवसायिक खेलाडीहरु सामु नेपाली खेलाडी फिटनेसमा कमजोर देखिएका थिए । अन्तिम सममया दुई गोल फर्काउदै फिलिपिन्सले पुनरागमन जित हात पारेको हो ।
फिलिपिन्सका लागि ९० औं मिनेटमा ताहनाई अनिशले बराबरी गोल फर्काएकी थिइन् ।
पहिलो गोल गरेपछि फिलिपिन्सले एक मिनेटपछि नै अर्को गोल थप्यो । इन्जुरी टाइमको दोस्रो मिनेटमा कमिल्ला विल्सनले फिलिपिन्सको लागि विजयी गोल गरिन् ।
यसै खेलबाट विमला विकले राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् । उनले ६२ औं मिनेटमा पूजा रानाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेकी हुन् ।
नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते खेल्नेछ । समूह विजेता बन्दै एसिया कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले हङकङलाई हराउनैपर्नेछ ।
समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीच असोज ८ गते हुनेछ । यस समूहको विजेता अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।
प्रतिक्रिया