२०८० असोज १२ गते | 29th of September 2023

लुम्बिनीमा संविधान दिवसः एमाले र जसपा उपस्थित भएनन्

लुम्बिनीमा संविधान दिवसः एमाले र जसपा उपस्थित भएनन्
Sanchar_np प्रकाशित: २०७८ असोज ३ गते ७:४८

बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा विशेष समारोह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा गरिएको संविधान दिवस मूल समारोहमा प्रमुख विपक्षी नेकपा एमाले उपस्थित भएन ।

एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण अनुपस्थित भएको हो ।

यस्तै सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका तीनै जना मन्त्रीहरु पनि संविधान दिवस नमनाउने पार्टीको नीति अनुसार अनुपस्थित भए ।

मूल समारोहमा मुस्किलले एक सय जना हाराहारीको मात्रै सहभागिता भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *