२०८० असोज ५ गते | 22nd of September 2023

महोत्तरीमा आर्केष्ट्राको विषयमा झडप हुँदा एकको मृत्यु

महोत्तरीमा आर्केष्ट्राको विषयमा झडप हुँदा एकको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ असोज ३ गते १०:४९

महोत्तरी । महोत्तरीमा आर्केष्ट्राको विषयमा झडप हुँदा एकको मृत्यु भएको छ ।

दुई पक्षबीचको झडप हुँदा मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–२ स्थित तरहारी इमलिया टोल बस्ने ५० वर्षीय रामप्रसाद राय यादव रहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।

उनको उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

गएराति विश्वकर्मा पूजाको अवसरमा सोनमा गाउँपालिका वडा( ७ स्थिति मैनटोलामा आर्केष्ट्रा ल्याइएको थियो ।

सोही आर्केष्ट्रा हेर्न यादव समूहका व्यक्तिहरु गएपछि झगडा भएको थियो । सोही विषयलाई लिएर आइतबार दुई पक्षबीच विवाद भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा सोनमा गाउँपालिका वडा –७ का ३५ वर्षीय मलेशी सदा र २८ वर्षीय नथु सदालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

यी बाहेक अन्य ४ जना बिच समेत कुटाकुट भएको थियो । तर यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *