२०८० मंसिर १५ गते | 1st of December 2023

पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ असोज ३ गते १०:५७

काठमाडौं । पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने १२ जनाको मृत्यु भएको छ ।

१४१३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् । मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ ।

हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् भने ११७ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १३ जनामा परीक्षण भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *