मसालका नेता खगुलाल गुरुङको निधन

Sanchar_np
प्रकाशित: २०७८ असोज ३ गते ११:१०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)का पुराना नेता खगुलाल गुरुङको निधन भएको छ ।
नेता गुरुङको १०४ वर्षको उमेरमा निधन भएको हो ।
नेता गुरुङको निधनप्रति मसालका महामन्त्री मोहनविक्रम सिंहले दुःख प्रकट गरेका छन् ।
नेता सिंहले पार्टी र सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनले एक आदर्श, अविचलित र दृढ इच्छाशक्ति भएको कम्युनिस्ट व्यक्तित्वलाई गुमाउन पुगेको भन्दै दुःख व्यक्त गरेका छन् ।
गुरुङ वि.सं. २००७ साल देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए भने २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए ।
लामो समयदेखि उनी नेपाली कम्युनिस्ट आन्दोलनमा आवद्ध रहँदै आएका थिए ।
२०१५ सालको आम निर्वाचनमा गुरु प्युठानबाट नेकपाको उम्मेदवार समेत बनेका थिए ।
प्रतिक्रिया