इन्द्रजात्राको अवसरमा कुमारी यात्रा हेर्न राष्ट्रपति र प्रधानमन्त्रीले बसन्तपुर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्राको अवसरमा आइतबार बसन्तपुरस्थित कुमारी यात्राको बसन्तपुरमा अवलोकन गरेका छन् ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वमा कुमारी यात्रा हेर्न राष्ट्रपति र प्रधानमन्त्री पुग्ने प्रचलन रहँदै आएको छ ।
इन्द्रजात्राको दिन हनुमानढोकास्थित गद्दी बैठकमा राजतन्त्र रहुञ्जेल राजाबाट गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।
अहिले भने राष्ट्र प्रमुखका साथै सरकार प्रमुखको उपस्थिति रहने गरेको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुन्छ ।
यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
प्रतिक्रिया