२०८० असोज १२ गते | 29th of September 2023

क्रिकेट र फुटवलका राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङलाई जनसेवा श्री पदक

क्रिकेट र फुटवलका राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङलाई जनसेवा श्री पदक
Sanchar_np प्रकाशित: २०७८ असोज ३ गते १२:१५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई संविधान दिवसको अवसरमा प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ ।

संविधान जारी भएको अवसरमा सरकारले विभिन्न ९०३ जनालाई सम्मान गर्दा क्रिकेटका कप्तान मल्ल र फुटबलका कप्तान चेम्जोङको नाम प्रवल जनसेवा श्रीबाट सम्मान गर्ने राष्ट्रपतिको कार्यालयले आज सार्वजनिक गरेको सूचीमा उल्लेख गरिएको छ ।

भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाएपछि संविधान दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको हो ।

उनीहरुले उक्त सम्मान आगामी बैशाख १ गते विशेष समारोहकाबीच ग्रहण गर्ने छन ।

यसैगरी, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तोक्वान्दोका विदेशी प्रशिक्षक वान योङ डाललाई जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ ।

पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा पनि जनसेवा श्रीबाट विभुषित हुने सूचीमा रहेका छन । सुकीर्ति पदबाट कराते खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दीपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, पावर लिफ्टिङ खेलाडी प्रकाश केसी र खेल आयोजकको तर्फबाट उत्तम न्यौपाने विभुषित भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *