२०८० असोज ५ गते | 22nd of September 2023

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा हुने

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा हुने
Sanchar_np प्रकाशित: २०७८ असोज ३ गते १२:५६

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनले केन्द्रिय कार्यसमितिको आठौं बैठकले ११ औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र अहिले पुलिसलाई छानबिनका लागि निवेदन दिएको बताए ।

उनले अधिवेशनको निर्णय हुनै लाग्दा संगठनका महासचिव र उपाध्यक्षहरु नै भागेको भन्दै जिम्मेवारी पदमा रहेको व्यक्तिबाट नै चोरी भएको हुनसक्ने आशंका गर्नुभयो ।

संगठनबाट भागेका साथीहरुले नै एउटा कोठमा बसेर निर्णय निर्णय परिवर्तन गरेको आरोप लगाउँदै अध्यक्ष देवकोटाले भ्रममा नपर्न आग्रह गरे ।

कार्यक्रममा सह संयोजक तथा वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले संगठनलाई गतिशील बनाउनका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको बताए ।

उनले कोरोनासहित विभन्न कारणले समयमै हुनुपर्ने राष्ट्रिय अधिवेशन हुन नसकेको बताउँदै ११ औँ राष्ट्रिय अधिवेशन तय गरेको बताए ।

अर्को पक्षले (माधव नेपाल समूह) पनि कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै संगठनको विधि, पद्धती र नीति विपरित् गइ पदमा रहेका व्यक्तिहरुले पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

पत्रकार सम्मेलनमा संगठन महासचिव शरणकुमार गुरुङ्गले कुनै पार्टी र नेताको मतियार भइ काम गरेको भन्दै संगठनका अध्यक्ष केदारप्रसाल देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष ललिकबहादुर महर्जन, उपाध्यक्ष रेणुका केसी, उपाध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्ष नौतम पोखरेल, उपाध्यक्ष भवानी दाहाल र सह कोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको बताए ।

उनले संगठनलाई कर्मचारीहरुको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्दै लैजाने भन्दै यो कुनै राजनीतिक दलको भातृ संगठन नभएको स्पष्ट पार्नुभयो ।

उनले संगठनलाई फुटाएर राज गर्न चाहनेहरुबाट बचाउन आफूले काम गरिरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *