२०८० मंसिर १८ गते | 4th of December 2023

अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइनको नियम हटाएर पर्यटन क्षेत्रलाई खुलाउन व्यवसायीको माग

अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइनको नियम हटाएर पर्यटन क्षेत्रलाई खुलाउन व्यवसायीको माग
Sanchar_np प्रकाशित: २०७८ असोज ३ गते १३:०२

काठमाडौं । नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ । विश्वमा चर्चित पदमार्गहरुले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ ।

खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको चासो बढीरहेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ ।

यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ ।

नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरुलाई खोपको पूरा मात्रा लगाइसकेको छ ।

यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताए ।

एक जना पर्यटक पदयात्रामा जाँदा कम्तिमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ । शाहसीक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्नसके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने बताए ।

डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ । तर संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपाल बारे चासो बढ्न थालेको ट्राभल व्यवसायीे बताएका छन् ।

नेपालमा कोरोना संक्रमणको दर घटेको समाचार आउन थालेपछि इन्क्वाइरी बढेको पनि व्यवसायीले बताएका छन् ।

सरकारले भिसा र क्वारेन्टाइनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने व्यवासयीहरुले बताएका छन् ।

कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो । २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो ।

अहिले संक्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको संख्या बढीरहेकोले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *