२०८० असोज १३ गते | 30th of September 2023

कैलालीको धनगढीमा बसपार्क हस्तान्तरण कार्यक्रममा स्थानीयको अवरोध

कैलालीको धनगढीमा बसपार्क हस्तान्तरण कार्यक्रममा स्थानीयको अवरोध
Sanchar_np प्रकाशित: २०७८ असोज ३ गते १३:०७

दिनेश बिष्ट, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण कार्य सम्पनि भई फुलवारी बसपार्क हस्तान्तरण कार्यक्रममा स्थानीयले अवरोध गरेका छन् ।

निर्माण सम्पन भएको बसपार्कमा कमसल सामाग्री प्रयोग गरिएको, बसपार्क भित्र पानी जम्ने समस्या र पानीको उचित निकासका लागी दुवै तर्फ नाली नभएको भन्दैे स्थानीयले अबरोध गरेका हुन् ।

संघिय शहरी विकास तथा भवन निर्माण संघिय आयोजना कार्यालय धनगढी र देभएन सायर मसिना जेभि प्रा.लि. बिच २०७४ असाढमा २ बर्ष भित्र निर्माण कार्य सम्पन गर्ने गरी सम्झौता भएपनि बसर्पाक निर्माणको काम २ पटक म्याद थप गरि भर्खर मात्र सम्पन्न भयो ।

तर बसपार्क निर्माण कार्य सम्पन भएपछि धनगढी उपमहानगरपालिका लाई हस्तान्तरण गर्ने समयमा स्थानीयले विरोध गरेका छन् ।

देशका ९ वटा नमुना बसपार्क मध्ये फुलवारी बसपार्क पनि पर्ने दावी आयोजना कार्यालयले गरेपनि त्यो अनुसार काम नभएको स्थानियको गुनासो छ ।

३ करोड १० लाख खर्च गरी निर्माण सम्पन भएको फुलवारी वसपार्कमा २ तले टिकट काउन्टर घर, एक भ्युटावर, ४० भन्दा बढी बस अट्ने पार्किङ क्षेत्र, फुटपाथ र साती समेत यातायत सञ्चालन गर्ने गरी सोलार बत्ती जडान गरिएको छ ।

बसपार्क क्षेत्रमा बनेका भौतिक संरचना खुशी लागेपनि त्यो दिगो रुपमा प्रभावकारी नहुने देखिएपछि विरोध गरिएको स्थानीयहरुको भनाई छ ।

उनिहरुले ठेक्कामा मिलेमतो भएको, सार्वजनिक सुचना समेत नगरी काम अगाडी बढेको र निर्माण स्थलमा आयोजना सम्बन्धी कुनैपनि सूचना नटासिएको बताएका छन् ।

संघिय शहरी विकास तथा भवन निमार्ण संघिय आयोजना कार्यालय धनगढीका आयोजना प्रमुख प्रविण शाहले चरण चरणमा बसपार्क निर्माण भएका कारण केहि कमि कमजोरी भएपनि त्यसमा सुधार गरिने बताए ।

फुलवारी क्षेत्रमा लामो समय देखि ब्यवस्थीत बसपार्क नहुँदा सडक क्षेउछाउमा सवारी पाकिङ गनुपर्ने बाध्यताको अन्तेय हुने अपेक्षा गरेका स्थानीय र सवारी चालकहरु भने यति वेला बसपार्क सञ्चालनमा नआउँदै विवाद भएपछि चिन्तित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *