भारतमा ऋण खोजेर सुपारी दिई पतिको हत्या

काठमाडौं । भदौ १८ मा भारतको विहार जयनगरस्थित वरही गाउँको नहरमा एक नेपालीको शव घाँटी काटेर हत्या गरेको अवस्थामा भेटियो ।
भारतीय प्रहरीले सिराहा गोलबजार घर भएका ३९ वर्षीय नगरपालिका–४ निपनिया कुटी टोल निवासी दुखरन महरा व्यक्तिको शव फेला पारेको थियो ।
मृत फेला परेका व्यक्तिको गोजीमा सानो डायरी फेला परेको थियो । त्यही डायरीमा सेब गरेको नम्बरबाट मात्र मृतक नेपाली भएको पहिचान खुल्यो । उनको पोष्टमार्टम भने भारतमै गरियो ।
जिल्ला प्रहरी कार्यालय सिराहाले हत्याबारे भारतीय प्रहरीको सूचनाका आधारमा अनुसन्धान थाल्यो ।
घटनाको अनुसन्धान हुँदै जाँदा भारतीय प्रेमीसँग मिलेर ऋण खोजेर सुपारी दिई आफ्नै पत्नीले दुखरनको हत्या गराएको प्रहरीको पुष्टि भएको छ ।
दुखरन महरा मोची १० वर्ष पहिले वैदेशिक रोजगारीका लागि कतार गएका उनी कतारबाट फर्केपछि गोलबजारस्थित घरमा फर्निचर र किराना पसल खोलेर उनले जीवन चलाइरहेका थिए । उनका पति–पत्नीसँगै उनीहरुका चार सन्तान पनि छन् ।
हत्यामा संलग्न अरु दुईजना भारतीय नागरिकहरु भने फरार छन् । श्रीमानको हत्या भएको रात हरिहरदेवी भारतमै बसिन् र भोलिपल्ट जयनगरबाट आफ्नो घर गोलबजार फर्केको प्रहरीको अनुसन्धानबाट देखाउछ ।
भदौ १७ मा दुखरन पत्नी हरिहरदेवीसँगै भारततर्फ लागेको सुराक पाएपछि सोही आधारमा प्रहरीले हरिहरदेवीमाथि अनुसन्धान केन्द्रित गरेको थियो ।
मृतकी श्रीमती अहिले हरिहरदेवी जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा छिन् ।
प्रतिक्रिया